
काठमाण्डु, १४ पुस – समानुपातिक सभासदको अन्तिम नामावली टुंगो लगाउन नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक जारी छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकबाट सभासदको नामावली टुंगो लगाउने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।
निर्वाचन आयोगले दिएको पछिल्लो समयसीमा सोमबार सकिने भएकाले काँग्रेसले आइतबार नै नामावलीको टुंगो लगाउने बताएको छ।
नामावलीलाई सोमबारको केन्द्रीय समितिबाट अनुमोदन गराएर निर्वाचनमा आयोगमा बुझाउने बडुले बताए ।
काँग्रेसमा संस्थापन पक्षको ६० र शेरबहादुर देउवा पक्षको ४० प्रतिशत सभासद रहने गरी भागबन्डा गरिएपनि उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुले चर्को विरोध गर्दै आएका छन् ।
पौडेलले समानुपातिक सभासद मनोनयनमा भागवण्डा गर्ने हो भने आफूले ३३ प्रतिशत पाउनु पर्ने माग गरेको स्रोतले बताएको छ ।