
लहान, पुस १३ – प्रहरी हस्तक्षेपको विरोधमा वैदिक सनातन हिन्दु तथा गौवंश संरक्षण समितिले शनिबार सिरहाको लहान बजार बन्द गराएको छ ।
संवैधानिक हिन्दु राज्य कायम गर्नुपर्ने, गौ हत्या अन्त्य हुनुपर्ने, लगायतका माग गर्दै शुक्रबार सिरहाको लहानमा भएको दुई घण्टे चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको विरोधमा शनिबार बजार बन्द गराएको हो ।
बन्दका कारण लहानका बजार, पसल पूर्णरुपमा बन्द भएका छन् । राजमार्गमा यातायात भने सुचारु छ ।