
काठमाण्डु, ११ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन स्टोरकिपर अर्जुनबहादुर केसीलाई पदीय दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार रत्नपार्क वितरण केन्द्रका तत्कालीन स्टोरकिपर केसीले सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियतपूर्वक ५४ लाख ४८ हजार ६ सय ६४ रुपैयाँ हिनामिना गरेको देखिएकाले बिगोबमोजिम असुलको माग गर्दै मुद्दा दायर गरिएको हो । रासस