निर्वाचन ऐन दोस्रो संसोधन अध्यादेश सिफारिस

काठमाण्डु टुडे २०७० पुष ११ गते १०:२८ मा प्रकाशित

singh durbarकाठमाण्डु, ११ पुस – सरकारले संविधानसभा निर्वाचन ऐन दोस्रो संसोधन अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठक  राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको हो ।

संविधानसभाका जेष्ठ सदस्यको शपथ राष्ट्रपतिबाट गराउने व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिबाट स्विकृत भएपछि सभासदहरुलाई सपथ खुवाउने बाटो खुल्नेछ ।

साथै बैठकले दशजना प्रहरी नायव महानिरिक्षकहरुको सरुवा समेत गरेको छ ।

जसअनुसार नायव प्रहरी महानिरिक्षक राजेन्द्र भण्डारी, प्रेमबहादुर खड्का, विज्ञानराज शर्मा र सुरेन्द्रबहादुर शाह प्रहरी हेडक्वार्टरमा, नारायण बस्ताकोटी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, केशबहादुर शाही सुर्खेत, नवराज सिलवाल विराटनगर, प्रकाश अर्याल हेटौंडा, बनबहादुर भण्डारी पोखरा र जयबहादुर चन्द दिपायल सरुवा भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us