
काठमाण्डु, ११ पुस– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओको बिचारबाट बिचलित नभएको बताएका छन् । मार्क्सवाद–लेनिनवाद–माओवादको सिर्जनात्मक प्रयोग आफूहरुले गर्दै आएको उनको भनाइ छ ।
१२० औं माओ दिवसको अवसरमा विहीबार प्रेस विज्ञप्ति निकालेर प्रचण्डले अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थितिमा कैयन फेरबदल आए पनि जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । माओका सैद्धान्तिक तथा व्यावहारिक योगदानहरुले निरन्तर मार्गदर्शन गरिरहने उनको भनाइ छ ।
विज्ञप्तिमा उत्पीडित वर्गका नेता माओत्से तुङप्रति हार्दिक सम्मान व्यक्त गर्दै मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासको दिशामा दृढतापूर्वक अघि बढिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रचण्डले निकालेको विज्ञप्ति यस्तो छ –