माघदेखि विद्युत् समस्या बढ्ने

काठमाण्डु टुडे २०७० पुष ८ गते ५:१७ मा प्रकाशित

जनकपुरधाम, ८ पुस–धनुषावासीले माघ महिनादेखि विद्युत्को समस्या अझ व्यहोर्नु पर्ने भएको छ । ढल्केबरको प्रमुख प्रसारणको ट्रान्सफर्मर बिग्रिएको एक वर्षदेखि बितेपनि मर्मत नहुँदा मध्य माघदेखि विद्युत्को समस्या अझ बढ्ने बुझिएको छ ।

३० केभिएको ट्रान्सफर्मर ढल्केबरमा हुँदा यस भेगमा बिजुलीको भोल्टेजलगायतको समस्या कम हुने गरेकामा उक्त ट्रान्सफर्मर बिग्रिएपछि समस्या बढ्दै गएको छ । क्षेत्रीय विद्युत् कार्यालयका निर्देशक विभूतिनाथ मिश्रका अनुसार ट्रान्सफर्मर मर्मतका लागि प्रयास गरिए पनि हालसम्म सार्थक भएको छैन । उक्त ट्रन्सफर्मर मर्मतका लागि कम्तीमा पनि तीन महिना लाग्नेछ ।

ऊर्जा मन्त्रालयले हेटौंडामा बिग्रेर राखिएका ट्रान्सफर्मरहरू मर्मतका लागि निर्देशन दिए पनि कार्यान्वयन हुने–नहुने अझै निश्चित नभएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us