माथिल्लो मर्स्याङ्दी ‘ए’को काम ठप्प

काठमाण्डु टुडे २०७० पुष ७ गते ६:०२ मा प्रकाशित

लमजुङ, ७ पुस–यातायात मजदुरको आन्दोलनले लमजुङको भुलभुलेमा निर्माणाधिन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको काम तीन दिनदेखि ठप्प भएको छ । दोलखा घरभई आयोजनामा कार्यरत सवारी चालक अबतारसिंह लामालाई मदिरा सेवन गरी दुर्व्यवहार गरेको भन्दै व्यवस्थापन पक्षले निकालेपछि मजदुरहरुले काम ठप्प पारेका हुन् । मजदुरहरुले भने झूठो आरोपमा निकालेको दावी गर्दै चालक लामालाई पुनरवहाली नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

२०७३ असोजदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनामा मजदुरहरुले गर्ने पटक पटकको आन्दोलनले समस्या परेको व्यवस्थापनको भनाई छ ।

५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनामा सुरुङ, प्रशासनिक भवन, बाँध तथा विद्युत गृह निर्माणको काम भइरहेको छ । आयोजनामा चाइनिज कम्पनी सिनो हाईड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us