
काठमाण्डु, ७ पुस–नेपालसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक भएको छ । काठमाण्डुको होटल अन्नपुर्णमा जारी नेपाल–भारत वाणिज्य सचिवस्तरिय अन्तर सरकारी समितिको बैठकमा भारतिय वाणिज्य सचिव एस.आर रावले दुई देशबीचको बताएका हुन् ।
नेपाल र भारतबीच सन १९९६ मा वाणिज्य सन्धि भएको थियो । सन् २००२ मा नविकरण भएको सन्धि नेपालको विपक्षमा गएको थियो ।
नेपालले गरेको मागबारे भारतीय पक्ष सकारात्मक देखिए पनि कुन कुन विषयमा सहमति हुने भन्ने बारेमा आइतबारको बैठकले टुंगो लगाउने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
जारी बैठकमा नेपालले ब्यपारमा लामो समयदेखि समस्याको रुपमा रहेको पारवहन सुविधा, विषेश अतिरक्ति शुल्क, गैरभन्सार अवरोध लगायत एजेन्डालाई उठाएको छ ।