
काठमाण्डु २१ मङ्सिर–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अब चाँडै नै संविधानसभाको अधिवेशन प्रारम्भ भई नयाँ सरकारको गठन तथा संविधान निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चौथो प्राज्ञसभा एवम् कला प्रदर्शनी २०७० को उद्घाटन गर्दै अध्यक्ष रेग्मीले भने “स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिकाधिक जनसहभागिताका साथ निर्वाचन सम्पन्न भएकाले अब संविधानसभाको प्रारम्भसँगै स्थायित्व, शान्ति र आर्थिक तथा सामाजिक विकासका गतिविधि पनि प्रारम्भ हुने भएकाले आगामी दिन सबै क्षेत्रका लागि उत्साहप्रद रहनेछन् ।”
उनले नेपाली जनआकाङ्क्षाअनुरूपको संविधान जारी हुनेछ भन्नेमा आफू विश्वस्त रहेको बताउँदै कला क्षेत्रलाई पनि आफ्नो देशका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
सो प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका अध्यक्ष रेग्मीले सामाजिक जीवनको महत्वपूर्ण आयाम बनेको सांस्कृतिक पक्षलाई हामी सबैले विशेष संरक्षण र सम्बद्र्धन गर्दै मानव सभ्यताका विविध पक्षलाई कलाका माध्यमबाट अभिव्यक्त गरी आम जनसमुदायमा सन्देश प्रवाह गर्न यस्ता सांस्कृतिक पक्षलाई प्रोत्साहन गरिएको बताए । रासस