
काठमाण्डु, २१ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशक रमेशप्रसाद मैनालीविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले शुक्रबार मैनालीसहित विभागकै कम्प्युटर अपरेटर पप्पुकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुमाथि कागजातमा दोहोरो अर्थ लाग्ने गलत विवरण उल्लेख गरी सेवाग्राहीलाई दु:ख दिने गरेको आरोप लगाइएको छ ।
अनुसन्धानबाट उनीहरुले आर्थिक लाभ लिने बदनियतका साथ सरकारी कागजात दुरुपयोग गरी काम गर्ने गरेको खुल्न आएको अख्यितयारले जनाएको छ ।