
काठमाण्डु, २१ मंसिर– कााग्रेस सभापति सुशील कोइरालाले दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति एवम् रङ्गभेदविरोधी नेता नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा जोहान्सवर्गमा निधन भएको खबरबाट आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।
सभापति कोइरालाले शुक्रबार एक शोक सन्देश जारी गर्दै दक्षिण अफ्रिकामा रङ्गभेद शासनको अन्त्य गरी सबै जनतालाई समान अधिकार उपभोग गर्ने अवसर प्रदान गर्न आजीवन समर्पित मण्डेलाको निधनको दु:खद घडीमा दक्षिण अफ्रिकी सरकार, त्यहााका जनता र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
मण्डेलाको निष्ठा, त्याग, समर्पण र नि:स्वार्थ भावले दक्षिण अफ्रिकालाई प्रजातन्त्रको आधुनिक युगमा प्रवेश गराएको भन्दै सभापति कोइरालाले जनता र राष्ट्रलाई सर्वाेपरी सम्झेर काम गर्ने मण्डेला हाम्रो युगका एक महान् आदर्श भएको र त्यही आदर्शले विश्व राजनीतिलाई चिरकालसम्म मार्ग निर्देशन गरिरहने विश्वास व्यक्त गरेका छन् । रासस