काठमाण्डू, १४ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाह बालेनको विवादित अभिव्यक्ति अझै खण्डन नभएको भन्दै आपत्ति व्यक्त गरेका छन ।
आज (आइतबार) जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चितवनमा गएर प्रधानमन्त्रीले बोल्दैमा खण्डन नभएको ओलीले बताए ।
ओलीले भने, ‘अस्ति चितवनमा गएर लिपुलेक, कालापानी हाम्रो हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौँ भन्ने अभिव्यक्तिको खण्डन भो भन्ने विद्वानहरू फेरि निस्किए। कहाँ खण्डन भो ? लिपुलेक, कालापानी नेपालको हो भन्ने कुरा एउटा कुरा हो । त्यो बेग्लै कुरा हो । त्यस सम्बन्धमा त संसद्मा विवाद भएको होइन। विवाद भएको, नेपालले थुप्रै ठाउँमा भारतको सिमाना मिचेको छ, भूमि मिचेको छ भन्ने कुरामा विवाद भएको हो, जुन कुरा खण्डित छैन, खण्डन गरेको छैन ।’
ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अरूको मन्त्रीले लटपट गरेर जवाफ दिएर खण्डन नभएको सुनाए । सरकारले संयुक्त राष्ट्र सङ्घले मान्यता दिएका अधिकारहरू खोस्न उद्यत भएको आरोप समेत लगाएका छन ।
उनले भने, ‘यस प्रतिगमनलाई रोक्नका निम्ति सबै वामपन्थी शक्तिहरू, सबै लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्नुपर्छ। अब संविधान संशोधन गर्दा पनि देश र जनताको पक्षमा हुनुपर्दछ। झन्डै दुई तिहाइ भनेका भरमा देश विरुद्धको गतिविधि गर्न रोक्नुपर्दछ ।