रास्वपाले रकम तोकेरै व्यवसायीसँग चन्दा मागेको पत्र सार्वजनिक

काठमाण्डु टुडे २०८३ जेठ ३१ गते १५:०० मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेरै आर्थिक सहयोग मागेको पत्र सार्वजनिक नै भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका९१ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग ३० हजार रूपैयाँ सहयोग मागिएको पत्र सार्वजनिक भएपछि यस विषयको बिषयनै बन्न पुगेको छ ।

रास्वपाका कृष्णपुर-१ का वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको पत्रमा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गर्दै ३० हजार रूपैयाँ चन्दा सहयोग मागिएको छ ।

पत्रमा उक्त निर्माण कम्पनीले विगतदेखि वडामा विभिन्न विकास निर्माणका काम गर्दै आएको र स्थानीय समुदायसँग समेत सहकार्य गर्दै आएको उल्लेख गरिएको छ। साथै पार्टीको असार १ गतेदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश अधिवेशन तथा असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आर्थिक स्रोत आवश्यक परेको जनाइएको छ ।

सोही प्रयोजनका लागि कम्पनीसँग ३० हजार रुपैयाँ सहयोगको अपेक्षा गरिएको उक्त पत्रमा उल्लेख छ । रास्वपा वडा सभापति बोहराले भने अधिवेशनका लागि नभई सडक मर्मतका लागि आर्थिक सहयोग मागिएको भनेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us