काठमाण्डू, ३१ जेठ– कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन ।
आज (आइतबार) काठमाण्डू महानगरपालिका– ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताए ।
सभापति थापाले भने, ‘राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।’