काठमाण्डू, ४ जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखको जिम्मेवारी पार्टीकी केन्द्रीय सदस्य निरुदेवी पालले प्रप्त गरेकी छन ।
उक्त जिम्मेवारीलाई आज बस्ने पार्टी सचिवालय बैठकले अनुमोदन गर्ने गुन्डु निकट स्रोतले जानकारी दिएको छ । एमाले केन्द्रीय कार्यालयस्रोतका अनुसार आजको सचिवालय बैठकले ८ प्रदेश, ७७ भौगोलिक जिल्ला, ४ गैरभौगोलिक जिल्ला, प्रवासका विभिन्न कमिटीका इञ्चार्ज पनि तोक्दैछ । देशका ७५३ स्थानीय तहमा पनि पार्टी केन्द्रीय सदस्य स्तरका नेतालाई इञ्चार्ज तोकिने भएको छ ।
केन्द्रीय सदस्य नपुग भएको अवस्थामा प्रदेश कमिटीस्तरका नेता तोकिँदैछन् । त्यसअन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखमा पाल तोकिने भएकी हुन् । आजको बैठकले अनुमोदन गर्ने भए पनि उनले अध्यक्षको सचिवालयमा केही समयदेखि काम गर्न थालिसकेको बताएकी छन ।
स्वास्थ्य अनुकूल भएर हिँड्डुल गर्न मिलेपछि उक्त सचिवालय पार्टी कार्यालयमै रहने उनको भनाइ छ । ओलीको सचिवालयमा स्वकीय सचिव रहेका राजेश बज्राचार्य र दीपेन्द्र दाहाल कायमै छन् ।