काठमाण्डू, ४ जेठ– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरुले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशविरुद्ध आपत्ति व्यक्त गरेका छन ।
प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले आपत्ति जनाएका हुन् । कामु प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । त्यसबारे पहिला प्रतिनिधिसभामा पहिला न्यौपाने र त्यसपछि बास्कोटाले आपत्ति जनाएका हुन् ।
सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश न्यौपानेले कन्फिलिट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको भन्दै आपत्ति व्यक्त गरेका हुन । अर्की सांसद बास्कोटाले न्याय सम्पादन नगरेर अन्य विषयमा चासो देखाएको बताइन् । उनले दरपिठ भएका रिट दर्ता गर्न आदेश आदेश दिने कत्तिको न्यायोचित हो हो भन्ने प्रश्न समेत गरेकी छन ।