पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्छः कांग्रेस नेता केसी

काठमाण्डु टुडे २०८३ जेठ ३ गते १३:५१ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– पूर्व मन्त्री एवं कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्ने बताएका छन ।

सो आयोगले संसदभित्र रहेका राजनीतिक दल र बाहिर रहेका सबै पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने पनि उनले बताएका छन । आज (आइतबार) प्रजातात्रिक विचार समाजले काठमाण्डूमा आयोजना गरेको ‘समसायिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले भने, ‘एउटा कुनै पूर्वप्रधानन्यायाधीशको अथवा त्यत्तिकै राष्ट्रले चिनेको संविधानविदरविज्ञको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन होस् ।’

संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व गर्नु नहुने नबताउँदै उनले व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्रविन्दुमा राखेर संविधानबारे राष्ट्रिय रुपमा बहस चलाउनुपर्ने आवश्यकता रहेको समेत उनले बताएका छन । यस विषयमा आफूले पार्टी सभापति र महामन्त्रीलाई समेत सुझाव दिइसकेको बताउँदै केसीले भने, ‘अब पार्टीले कसरी टेकअफ गर्छ यो मलाई थाहा छैन ।’ देश द्वन्द्वमा फस्न सक्ने सम्भावना रहेको भन्दै उनले राष्ट्रिय एकताको खाँचो औंल्याए ।

‘अहिले नेपाल झण्डै–झण्डै वैश्वैक राजनीतिक केन्द्रको द्वन्द्व थलोको केन्द्रको ककपिट भन्छ नि त्यो ढंगले विकसित भएको छ,’ केसीले भने, ‘समग्र राष्ट्रिय एकता अहिले नेपालको आवश्यकता हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us