काठमाण्डू, २९ वैशाख– एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भ्रम र विरोधाभासको दर्शन रहेको टिप्पणी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले यस्तो बताएका हुन् ।
बादलले भने, ‘रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको छ ।’ रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति होरहेको उनले बताए ।
‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ,’ उनले अगाडि भने, ‘यो भ्रम र विरोधाभाषको दर्शन हो । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला हो ।’