संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छः प्रचण्ड

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्रीको समेत हैसियतमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्याे ।’ उनले भावुक हुँदै थपे, ‘यो भवनको जगमा त्यही शहादत छ ।

यसका हरेक भित्ता बलिदानले रंगिएका छन् । म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहिद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको प्रशंसा उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै दुई तिहाइको सफलतालाई स्वीकार गर्दै विशेष बधाई दिए ।

‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झन्डै दुई तिहाइको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ, उनको भनाइ थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us