रास्वपा सांसद प्रसाईंको प्रश्नः तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा चलाउने केले रोक्यो ?

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १४:४१ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध अदालतमा मुद्दा नचालएकोमा आफ्नै सरकारको आलोचना गरेका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा संसद्को शून्य समयमा बोल्दै प्रसाईंले मुद्दा चलाउन ढिलाइ भएकोमा आलोचना गरेका हुन् । ‘सहिदप्रतिको श्रद्धाञ्जली मैले मुखले औपचारिकता निभाएर होइन, मेरो प्रतिनिधित्व गर्ने सरकारको व्यवहारबाट पुष्टि हुनुपर्छ ।

जेनजी आन्दोलनका नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई कसले अड्कायो रु प्रमाण पुगेन कि प्राथमिकतामा परेन ?’, सरकारप्रति उनले प्रश्न गरे ।

विभिन्न आन्दोलनपछि गठन भएका मल्लिक आयोग, रायमाझी आयोगको प्रतिवेदन दराजमा थन्काइएको र लाल आयोगका प्रतिवेदन कार्यान्वयन नगरेर हरेक आन्दोलनका सहिदमाथि अन्याय भएको उनको भनाइ छ । प्रसाईंले उहिले बाजेको पाला र अहिलेको चाला उस्तै भयो भने हात्ती आयो फुस्सा हुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us