बालेन जे हुन् त्यै गरे, मान्छे अहिल्यै आकाश खसे झै गर्छन्ः एमाले नेता बास्कोटा

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह जे हुन् उनले संसदमा त्यही नै गरेको भन्दै टिप्पणी गरेका छन । सामाजिक सञ्जालमा लेख्दै उनले उक्त टिप्पणी गरेका हुन् ।

उनले भने, ‘बालेन जे हुन्, त्यै गरे। मान्छे अहिल्यै आकाश खसे झै गर्छन्। गिलासमा रक्सीको अन्तिम मात्रा भरिएपछि बल्ल कथा सुरु हुन्छ ।’ आफूले हिजोको संसद् नहेरेर गल्ती गरेको बताउँदै उनले कटाक्ष गर्दै भने, ‘मैले हिजोको संसद् नहेरेर गल्ती गरेछु भन्ने थियो ।

आज कसैले भने, मैले त्यो भन्दा बढी मज्जा चार्ली च्याप्लीनको मौन हाँस्य कला र माईकल ज्याक्सनको नृत्यपूर्ण गीत हेरेर लिएँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us