श्रममन्त्री यादवका चालक पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १२:३३ मा प्रकाशित

सप्तरी, २९ वैशाख– श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामजी यादवका चालक मुस्तकिम आलम मियाँ पक्राउ परेका छद्धन् । प्रहरीले मियाँलाई अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा सोमबार सप्तरीको राजविराजबाट पक्राउ गरेको हो ।

महादेवा गाउँपालिका–१ घर भई राजविराज नगरपालिका–३ बस्ने २७ वर्षीय मियाँलाई श्रममन्त्री यादवले निजी सचिवालय नियुक्त गरेर चालक राखेका थिए

सप्तरी प्रहरीका डिएसपी डम्बरबहादुर पुरीले पीडितको जाहेरीका आधारमा मियाँ पक्राउ परेको पुष्टि गरे । जाहेरीमा मुस्तकिम मियाँसहितका व्यक्तिहरूले पीडितलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएको उल्लेख छ

प्रहरीका अनुसार मियाँसहितको एक समूहले पीडितमाथि निर्घात कुटपिट गर्नुका साथै कपडा खोल्न लगाएर नग्न बनाई भिडियोसमेत बनाएको खुलेको छ ।

सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डिएसपी पुरीले घटनामा संलग्न अन्यको खोजी जारी रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us