प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते ११:३६ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने भएका छन ।

दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए ।

चैत १२ गते बसेको संसदको पहिलो बैठकमा प्रचण्डले सम्बोधन गरेका थिएनन् । निर्वाचनमा विजयी हुने प्रचण्ड एक्ला पूर्वप्रधानमन्त्री समेत हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us