रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते ११:१५ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको रास्वपाका एक नेताले जानकारी दिएका छन ।

बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन। रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us