बालेन्द्र शाहको अशोभनीय हर्कतको बचाउमा असिम साहले गरेको पोष्ट गायब

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते २२:३९ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम साहले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाहले देखाएको अशोभनीय र गैह्रजिम्मेवार व्यवहारको बचाउ गर्दै फेसबुकमा गरेको पोष्ट हटाएका छन् ।

साहले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएकाले बीचैमा संसद बैठक छाडेर हिंडेको दाबी गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,’ शाहले लेखेका थिए, ‘त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’ तर, केही बेरमै पोष्ट गायब भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us