सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीः कांग्रेस

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १८:२१ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको ल्याएको नीति तथा कार्यक्रमलाई निरन्तर कर्मकाण्डी भन्दै कर्मकाण्डमा केही जलप लगाएर ल्याएको बताएको छ ।

आज (सोमबार) सदनको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको कार्यक्रमबारे कांग्रेस सांसद अर्जुननरसिंह केसीले निरन्तरमा कर्मकाण्डी भएको तर्क गरेका हुन ।

‘निरन्तरको कर्मकाण्डी, केही जलप लगाइएको छ । गरिनेछ र हुनेछ भन्ने केही छैन, केही पक्षहरू गरिन खोजेजस्तो देखिएको छ’, केसीले भने, ‘तर परिणाम नहेरीकन भन्न सकिँदैन ।’ उनले निरन्तरतामा कर्मकाण्ड केही गर्न खोजेको जस्तो भान मात्रै पार्न खोजिएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us