निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १७:५४ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय रोक्ने (कुलिङ पिरियड) को प्रवधान राख्ने भएको छ ।

आज (सोमबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । दलमा आवद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति अवलम्बन गर्ने पनि सरकारको घोषणा छ ।

निजामती सेवामा रहेको ट्रेड युनियन सरकारले अध्यादेशबाट खारेज गरिसकेको छ । यसलाई कानुन बनाएरै व्यवस्थित गर्ने पनि सरकारको घोषणा समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us