सरकारले तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराउने

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १६:३३ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन ।

‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने । पौडेलले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us