काठमाण्डू, २८ वैशाख– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संवैधानिक परिषद्मा बहुमत कायम गरिने गरी ल्याइएको अध्यादेशको व्यवस्थाप्रति प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेका छन ।
नीति प्रतिष्ठाले आज (सोमबार) सुर्खेतमा गरेको कार्यक्रममा बोल्ने क्रममा उपसभापति शर्माले यस्तो बताएका हुन । उनले संवैधानिक परिषद्मा ६ को बहुमत ३ हुने यो कस्तो लोकतन्त्र रु भन्दै प्रधानमन्त्री शाहलाई प्रश्न गरेका हुन ।
उनले सुकुमवासीको वस्तीमा चलाइएको डोजरप्रति आपत्ति व्यक्त गर्दै उपसभापति शर्माले भने, ‘नागरिकको आत्मसम्मानलाई बुटले कुल्चन मिल्ने यो कस्तो लोकतन्त्र प्रधानमन्त्रीजी ? काठमाण्डूको मेयर रहेको बेलामा ‘सिंहदरबार जलाइदिन्छु’ भनि सामाजिक सञ्जालमा लेखिएको स्टाटस स्मरण गराउँदै शर्माले भने, ‘जब तपाईंको परिवारको कोही चढेको मोटरलाई प्रहरीले रोक्यो भन्ने आयो ।
तपाईंलाई त्यसबेला लाग्यो– मेरो आत्मसम्मानमा चोट पुग्यो । अनि टहरा भत्किन लाग्दा आत्महत्या गरेका इन्द्रबहादुर राईको आत्मसम्मानको हिसाब कसले गर्ने ?’ सुकुमवासीवस्तीमा डोजर चलाउने क्रममा राई लगायतका परिवारका सदस्यको आँसुको आत्मसम्मानमा प्रधानमन्त्रीले वेवास्ता गरेको शर्माले बताए । उनले भने, ‘तपाईंको राज्यमा एउटा नागरिकको कुनै मूल्य छ कि छैन ?
लगत संकलन र विकल्प नदिइ घरको छानामा डोजर चलाउनु कस्तो लोकतन्त्र ?’ उपसभापति शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।