एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ ।

‘सम्भवतस् आज साझ सार्वजनिक हुन्छ । अहिले प्राविधिक काम भइरहेको छ,’ परीक्षा बोर्डका एक अधिकारीले भने, ‘साँझ ५ बजेपछिलाई बोर्ड बैठक बैठक बोलाइएको छ ।’

बैठकमा सहभागी हुनका लागि परीक्षा बोर्डले सदस्यहरूलाई बोलाइ सकेको छ । परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिबारे छलफल भइरहेको बताए । ‘छलफलमा छौं,’ उनले भने ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us