अब मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नूः सुशीला कार्की

काठमाण्डु टुडे २०८३ वैशाख २६ गते २१:१० मा प्रकाशित

काठमाण्डू, २६ वैशाख- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन पत्नी सबिना काफ्लेलाई आमा सम्बोधन गर्न आग्रह गरेकी छन् ।

शनिबार कानून दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई ‘आमा’ सम्बोधन नगरी सबिनालाई आमा भन्न आग्रह गरेकी हुन् ।

युटुबर दिवाकर साहले कार्कीलाई आमा भन्दै प्रश्न गरेका थिए । जवाफमा कार्कीले रसाउँदै आफूलाई अबदेखि आमा नभन्न भनिन् । ‘कसले आमा भनेको ? तिमीहरूको आमा नै फेरिइसक्यो ।

बालेनको श्रीमतीलाई आमा भन अब ।’ साहले कार्कीलाई तपाई देशकै आमा हो भनेपछि जवाफमा कार्कीले होइन भन्छिन् ।
संवैधानिक परिषदले वरियता मिचेर चौथो नम्बरका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि कार्कीले आपत्ति जनाएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us