रास्वपाको बाचापत्रलाई प्राथमिकता दिनेगरी बजेट आउँछ : अर्थमन्त्री वाग्ले

काठमाण्डु टुडे २०८३ वैशाख २६ गते १४:१९ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी बजेट रास्वपाको बाचापत्रलाई प्राथमिकता दिनेगरी ल्याइने बताएका छन्।
पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले समावेशी बजेट ल्याउने तयारी भइरहेको बताए।
उनले भने, ‘वैशाखको अन्तिममा सिद्धान्त तथा प्राथमिकता आउँछ, जेठ १५ गते सरकारले बजेट ल्याउँछ। हाम्रो बाचापत्रमा जे–जे उल्लेख गरेका छौँ, सकेसम्म त्यसलाई न्याय गर्नेगरी बजेट आउँछ।’
बजेटमा कसैलाई काखा र कसैलाई पाखा नगरिने पनि उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us