प्रधानन्यायाधीशमा शर्माको सिफारिसमा दुई सदस्यको ‘नोट अफ डिसेन्ट’

काठमाण्डु टुडे २०८३ वैशाख २४ गते १९:४५ मा प्रकाशित


काठमाडौं, २४ वैशाख : सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले असहमति जनाएका छन्।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेख्दै निर्णयप्रति फरक मत राखेका हुन्।
उनीहरूले सर्वोच्च अदालतमा वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने स्थापित अभ्यासलाई बेवास्ता गरिएको बताएका छन्। परिषद्ले चौथो वरियताका न्यायाधीश मनोज शर्मालाई सिफारिस गरेको निर्णय प्रक्रियाप्रति आफूहरू सहमत हुन नसकेको दाहालले जानकारी दिए।
‘प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश सिफारिस गर्ने परम्परा रहँदै आएको थियो। तर अहिले त्यो अभ्यासलाई एक्कासि तोडेर चौथो नम्बरका न्यायाधीशलाई सिफारिस गरियो, त्यसमा हामीले असहमति जनाएका हौं,’ दाहालले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us