काठमाण्डू, २४ वैशाख– काठमाण्डू महानगरपालिका–२७ स्थित जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली भेटिएको छ ।
काठमाण्डूको जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआरको लाइभ गोली ६ राउन्ड फेला परेको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै चाचर २ पिस र एलएलआरको डमी गोली २ राउन्ड फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।