काठमाण्डू, २४ वैशाख– सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन । घाइते हुनेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, सोही ठाउँका ६० वर्षीय लालबहादुर विक, ४० वर्षीय सोमबार नेपाली, ६० वर्षीय साने विक र सिन्धुलीकै तीनपाटन गाउँपालिका–१० का २१ वर्षीय श्याम दुराल रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१ राँगे स्थित मदन भण्डारी राजमार्गमा म. प्र–०३–००१ च ८२०२ नम्बरको पिकअप भ्यान दुर्घटना भएको थियो । उक्त भ्यान उदयपुरको गाईघाटतर्फ जाँदै थियो ।
भ्यान चालक २९ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।