काठमाण्डू, २३ वैशाख– कांग्रेसले संघीय संसद्का दुवै सदनका सांसदहरूलाई प्रशिक्षण दिएको छ । आज (बुधबार) कांग्रेस सभापति गगनकुमार थापाले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएका हुन् ।
जारी प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेसका सांसदहरू सहभागी रहेका छन । सभापति थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा प्रशिक्षण दिने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन् ।
दलको बैठकमा सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे पनि छलफल हुने र सङ्घीय संसदमा कसरी यी विषय उठाउने भन्नेबारे पनि एजेन्डा तय गरिने नेता आङ्देम्बेले जानकारी दिए ।