काठमाण्डू, २० वैशाख– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले सुकुम्वासी बस्ती हटाउन सरकारले चालेको कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन । आज (आइबतार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले नेता ज्ञवालीले यस्तो बताएका हुन ।
उनले प्रधानमन्त्री बालेन शाहलाई बागमतीमा बगेको आँसुले नेपाल हासेको देखिन्छ ? भन्दै प्रश्न समेत गरेका छन। एमाले नेता ज्ञवालीले भने, ‘प्रधानमन्त्रीजीको म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने सुन्दर नारा छ ।
तर बागमतीको किनारमा बगिरहेको आँसुले नेपाल हाँसिरहेको देखिन्छ कि नेपाल रोइरहेको रु खराब मान्छेहरू होलान्, स्क्रिन गर्न सकिने ठाउँ थियो नि । थापाथलीमा हजारभन्दा बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, छक्कै परियो यो सेनासमेत त्यहाँ थियो ।’ उनले वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर चलाएर सरकारले राम्रो लक्षण नदेखाएको बताए ।
उनले तराई–मधेस क्षेत्रका साना व्यापार र सीमावर्ती गतिविधिमा देखिएका समस्याले नेपाल–भारत सम्बन्धमा समेत असर पार्न सक्ने बताए ।उनले थपे, ‘मधेसको जिल्ला समन्वय समितिका प्रमुखजीहरू आउनुभयो होला, सय रुपैयाँको सामानमा तानातान भएको छ ।
नेपाल–भारत सम्बन्धको एउटा महत्त्वपूर्ण कम्पोनेन्ट भनेको पिपल टु पिपल कनेक्सन हो । त्यो पिपल टु पिपल कनेक्सनमा भोलि समस्या आउने हो कि रु यस्ता थुप्रै कुराहरू छन् ।’