काठमाडौं, वैशाख १९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
आज बिहान लामिछानेको निजी निवासमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध तथा दुई देशबीचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी सर्जियो गोरले सामाजिक सञ्जाल ‘एक्स’मार्फत दिएका छन् ।
गोरका अनुसार नेपालमा हालको सरकारले पाएको जनादेश तथा सुधारका प्रयासहरू उत्साहजनक रहेको उल्लेख गर्दै अमेरिका आगामी दिनमा नेपालसँग नजिकबाट सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
बिहीबार नेपाल आएका गोरले यसअघि शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।