बालेनको ‘ज्ञ’ क्रान्ति अभिव्यक्तिमा शंकर पोखरेलको प्रतिक्रिया

काठमाण्डु टुडे २०८३ वैशाख १९ गते १४:२१ मा प्रकाशित

काठमाडौँ, १९ वैशाख — एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को वास्तविक क्रान्ति ‘ज्ञ ज्ञान) बाट सुरु हुन्छ भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै विस्थापित सुकुमवासीका लागि स्पष्ट योजना सार्वजनिक गर्न आग्रह गरेका छन् ।

पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सुकुमवासी समस्या समाधानका लागि ठोस कार्ययोजना आवश्यक रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू ।’

पोखरेलले प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमवासी नागरिकलाई सरकारले स्पष्ट योजनासहित समयमै आश्वस्त पार्नुपर्ने आवश्यकतामा जोड दिए । उनले मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानलाई प्राथमिकता दिँदै सरकार गम्भीर बन्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us