रक्षा बमको बालेनलाई चेतावनीः अहंकार नदेखाऊ, बन्दुकले शासन गर्न नखोज

काठमाण्डु टुडे २०८३ वैशाख १९ गते १४:१३ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख–जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बन्दुकको शासन नचलाउन चेतावनी दिएकी छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जनताका अगाडि ज्ञानको अहंकार नदेखाउन भनेकी हुन् । विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकमा शासनको शैली निर्देशन र बन्दुक हुन नसक्ने उनको भनाइ छ । ‘जनता जति ज्ञानी कोही हुन सक्दैनन् । ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाऊ’, रक्षाले लेखेकी छन्, ‘विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकमा शासनको शैली निर्देशन र बन्दुक हुनै सक्दैन ।’
काँध थाप्ने र छाती थाप्ने ज्ञानको अहंकारबाट बाहिर निस्केर बुद्ध जन्मेको देशमा सहानुभूति र करुणालाई आधार बनाएर जिम्मेवारी पूरा गर्न उनले बालेनलाई आग्रह गरेकी छन् ।

उनले बालेनका हरेक निर्देशनले जनताको ज्यान जान थालेको आरोप लगाइन् । ‘तिम्रा हरेक ज्ञानपूर्ण र विवेकपूर्ण निर्देशनहरूले जनताले ज्यान गुमाउँदै छन्,’ बलमे भनेकी छन्, ‘काँध थाप्ने र छाती थाप्ने ज्ञानको अहंकारबाट बाहिर निस्केर, बुद्ध जन्मेको देशमा समानुभूति र करुणालाई आधार बनाएर जनताले सुम्पिएको जिम्मेवारी पूरा गर ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us