सरकार हान्दिन्छु, ठोक्दिन्छु भन्ने ढङ्गले चल्योः गगन थापा

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते १७:१० मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति व्यक्त गरेका छन । आज (शुक्रबार) नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनल सरकारले अध्यादेश ल्याउन पाउने भएपनि त्यसको प्रक्रिया हुने पनि बताएका छन ।

सभापति थापाले भने, ‘यो त नयाँ काम गर्छु भनेर आएको छ, उसले कानुनले शासन गर्ने सोचिएको छ, मसँग कानुन बदल्ने अधिकार छ बदल्दिन्छु, ठोक्दिन्छु, हान्दिन्छु, मलाई चिन्ता लागिरहेको छ, जसरी काम भइरहेको छ यसले ठिक ठाउँमा लाँदैन।’ उनले मन लागे कानुन बनाउँछु नलागे बनाउँदिन भन्न नपाइने पनि बताएका छन ।

उनले अगाडि भने, ‘सरकारले अध्यादेश ल्याउन पाउँछ, म सरकारले अध्यादेश ल्याएर शासन गर्न पाइँदैन भन्दिनँ, हिजो हामीले पनि ल्याएका हौँ, संविधानले अधिकार दिएको छ, कहिलेकाहीँ कार्यकारीले आवश्यकताअनुसार काम गर्नको लागि ल्याउँछ ।

तर त्यसको पनि एउटा आधार हुन्छ।’ उनले सरकारले भदौ २४ को वितण्डाबारे छानबिन गर्न पहिला आयोग बनाउँछु भनेपनि पछि नबनाएको भन्दै आपत्ति जनाए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us