काठमाण्डू, ७ वैशाख- प्रहरीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरूङलाई गोली हान्ने धम्की दिने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङका २० वर्षीय सानु भाई भनिने साजन विष्ट छन् ।
उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्न काठमाण्डूमा अत्याधुनिक एके ४७ हतियार भित्रिएको भन्दै विष्टले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए ।
उनलेपूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा नगरिएका प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङलाई गोली हान्ने धम्की दिएका थिए ।
पक्राउ परेका विष्ट भारतको बैंगलोरमा एक पसलमा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।