काठमाण्डू, ७ वैशाख– प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्ने बताएका छन । आज (सोमाबार) प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपकुलपतिहरूसँग उनले सहयोग गर्ने पनि बताएका छन ।
‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु भन्नु भएको छ,’ छलफलमा सहभागी एक उपकुलपतिले भने । प्रधानमन्त्री शाहले ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाएका थिए ।