आयल निगममा धर्ना दिन गएका जेन–जी युवा प्रहरीबाट खेदिए

काठमाण्डु टुडे २०८३ वैशाख ७ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा आज (सोमबार) काठमाण्डूको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए । प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरुलाई त्यहाबाट हटाएको हो ।

प्रहरीले निगम परिसरबाट बाहिर निकालेपछि युवाहरुले प्रहरी दमन मुर्दाबाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर लगाएतका नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us