काठमाण्डू, ६ वैशाख– कांग्रेसका नेता श्याम घिमिरेले पार्टीलाई एक बनाएर लैजाने जिम्मा वर्तमान संस्थापन पक्षको भएको तर्क गरेका छन । आज (आइतबार) शेरबहादुर देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलामा सहभागी भएर निस्किएका घिमिरेले यस्तो बताएका हुन ।
उनले भने, ‘अब मुद्दामामिलाको कुरा सकिएको छ । राजनीतिक रुपमा पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्नेछ, ‘गगनजीले सबैलाई समेट्ने ढंगले अग्रसरता लिनुपर्छ ।
विशेष महाधिवेशनभन्दा बाहिर रहेकाहरूलाई कसरी समेटेर जानुपर्छ भन्ने कुरा उहाँमा निर्भर छ ।’ उनले देउवा पक्षले पनि पार्टी एकता कसरी सुदृढ बनाउने भन्नेबारे काम गर्नुपर्ने पनि बताए ।
‘पार्टी कमजोर भएको अवस्था छ । सँगसँगै वर्तमान संस्थापन पक्षले पनि हामीले जित्यौँ, हामी भइसक्यौँ भन्ने बिर्सेर पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्छ यसमा सबैले साथ दिनुपर्छ’ उनले भने ।