संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १३:४८ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिने निर्णय गरेको छ ।

गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो ।

सो समितिमा १५ सदस्य थपेर पूर्णता दिइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन । समितिमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेर बहादुर के.सी., यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम के.स., ललितकुमार बस्नेत छन् ।

यसैगरी अधिवक्ताहरु रनबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् । सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवालले निर्वाह गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us