बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते १३:११ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास–८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन ।

जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर सिगास–८ को सानीगाड खोलामा आइतबार बिहान करिब १० बजेको समयमा दुर्घटना हुँदा बोहराको मृत्यु भएको जानकारी दिए ।

ट्याक्टर चालक फरार छन् । उनको परिचय खुलेको छैन । ट्याक्टरमा चालकसहित दुई जना मात्रै सवार थिए । ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us