काठमाण्डू, ५ वैशाख– सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिएसँगै शेरबहादुर देउवा पक्षघर पुरानो संस्थापनका नेताहरु छलफलमा जुटेका छन् ।
अदालतको फैसलापछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति बनाउन पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षधर नेताहरुको बैठक बोलाएका छन् ।
बैठक रातोपुलस्थित खड्का निवासमा अपराह्न ३ बजेपछि बस्ने नेताहरुले बताएका छन् ।
छलफलमा देउवा पक्षका निवर्तमान पदाधिकारी र निवर्तमान केन्द्रीय सदस्यलाई बोलाइएको छ ।
यसअघि खड्काले विभन्नि नेताहरुसँग शनिबार बिहानभर घरमै बोलाएर अनौपचारिक छलफल गरेका थिए ।