धनकुटामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १४:०३ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने गिरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले उनलाई बुधबार साँझ घरैबाट पक्राउ गरेको हो। पक्राउ परेका गिरीमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us