कञ्चनपुरमा बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख २ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– प्रहरीले कञ्चनपुरबाट १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेको प्रहरीले जानकारी दिएको छ ।

रानालाई जिल्ला अदालतले २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाइएको थियो । तर, उनी त्यहीँ बेलादेखि फरार थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us